काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ ।
नेपालका लागि आकाश चन्दले व्यक्तिगत रुपमा तेस्रो विकेट लिँदै टीमका लागि चौथो सफलता दिलाएका हुन् । यसअघि पहिलो ओभरको चौथो बलमा अलराउन्डर गुलशन झाले र दोस्रो ओभरको तेस्रो बलमा चन्दले विकेट दिलाएका थिए । साथै, पाँचौ ओभरको पाँचौ बलमा पनि चन्दले सफलता हात पारेका हुन् ।
अहिले अफगानिस्तान ८ ओभरमा चार विकेट गुमाएर २७ रन बनाउँदै खेलिरहेको छ ।