टोकियो । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ
कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो ।
कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ ।
यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ ।
यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ ।
डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ । यसको कारण मासिक व्यापार अधिशेष ६२.१ अर्ब येन पुगेको छ ।