काठमाडौँ।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार रिपब्लिकन पार्टीको आन्तरिक दौडमा उनलाई सफलता मिलेको हो ।
ट्रम्पले ११ र उनकी प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाइन् । प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका २२ प्रतिनिधि रहेका छन्।
यसअघि जनवरी १५ मा आयोवा प्रान्तमा पार्टीको पहिलो ककसको आयोजना गरिएको थियो । यसमा ट्रम्पले जित हात पारेका थिए । आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।
अब नेभाडा र साउथ क्यारोलिनामा ककस आयोजना हुनेछ । अमेरिकी चुनावमा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छान्न ककस र प्राइमरी प्रणाली अपनाइन्छ ।