काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
सुवास भण्डारीले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् । उनले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । ल्यूकले २५ बलमा २ चौका हानेका छन् ।