एजेन्सी । इरानसँगको तनाव बढेपछि पाकिस्तानी विदेशमन्त्री जलील अब्बास जिलानीले टर्कीका आफ्ना समकक्षी हकान फिदानसँगको कुराकानीमा वर्तमान अवस्थाबारे जानकारी दिएका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, "टर्कीका विदेशमन्त्री हकान फिदानले पाकिस्तानी विदेशमन्त्री जलील अब्बास जिलानीलाई पाकिस्तान र इरानबीचको घटनाक्रमबारे छलफल गर्न बोलाएका छन् ।"
"विदेशमन्त्रीले पाकिस्तानको अडान र पछिल्लो घटनाक्रमको बारेमा जानकारी गराएका थिए। उनले पाकिस्तानको ‘अपरेशन मार्ग बार सरमचार’ इरानभित्र रहेका आतंकवादी शिविरलाई निशाना बनाउने भएको र यो विषयलाई बढाएर पाकिस्तानको कुनै चासो नरहेको बताए ।"
सबैभन्दा पहिले इरानले बलुचिस्तानमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको थियो । जवाफमा पाकिस्तानले पनि बिहीबार इरानमाथि हमला गरेको थियो । यो सम्पूर्ण घटनाले दुई देशबीचको तनाव बढाएको छ ।