एजेन्सी । चलचित्र अन्नपूर्णिको विवाद र यसलाई नेटफ्लिक्सबाट हटाइएपछि चलचित्रकी नायिका नयनताराले चलचित्र र जनताको आपत्तिलाई लिएर प्रतिक्रिया दिएकी छन् ।
उनले अन्नपूर्णी चलचित्रमार्फत् जनतालाई सकारात्मक सन्देश दिन चाहेको बताउँदै जनतालाई प्रेरणा दिन यो चलचित्र बनाएको र कसैको भावनामा चोट पुर्याउने हाम्रो नियत नभएको बताइन् ।
उनले इन्स्टाग्राममा लेखेकी छन्, 'हामीले सकारात्मक सन्देश दिने इमानदार प्रयास गरिरहेका थियौं, जसले अनजानमा मानिसहरूको भावनामा चोट पुर्यायो। सेन्सर बोर्डबाट पारित भई हलमा रिलिज भएको फिल्मलाई ओटीटीबाट हटाइनेछ भन्ने हामीले आशा गरेका थिएनौं।’
‘म र मेरो टोली कसैको भावनामा चोट पुर्याउन चाहँदैनौं र हामीले यस विषयको गम्भीरतालाई बुझेका छौं। म आफैं पनि भगवानमा विश्वास गर्छु र बारम्बार मन्दिर जान्छु, त्यसैले म जनताको भावनामा चोट पुर्याउने सोच पनि सक्दिन। हाम्रो फिल्मबाट जो कोहीलाई चोट पुगेको छ, म माफी चाहन्छु।’
नयनतारा तमिल फिल्म ‘अन्नपूर्णीः द देवी अफ फुड’ मा मुख्य भूमिकामा छिन् । फिल्म एक कट्टरपन्थी हिन्दू ब्राह्मण परिवारकी केटीको कथा हो जसले कठिनाइहरूको सामना गर्दै शेफ बन्ने सपना देख्छिन्।
यो फिल्म १ डिसेम्बरमा थिएटरमा रिलिज भएको थियो र २९ डिसेम्बरमा नेटफ्लिक्समा रिलिज भएको थियो। तर, ओएटीटीमा आएपछि त्यसलाई लिएर विवाद सुरु भयो ।
यस फिल्मको बिरूद्ध एफआईआर दर्ता गरियो र त्यसपछि यसलाई नेटफ्लिक्सबाट हटाइयो।
नेटफ्लिक्सले किन हटायाे नयनताराको फिल्म ?