काठमाडौं । शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयकै प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र न्यौपानेलाई मनोनयन गरेको छ ।