खानाको अभाव टार्न र हिउँदे चीसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन्। यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको संकेत गरेको छ।
‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भने, ‘ मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र र पर्याप्त खाद्य स्रोतहरूको कारण हालैका वर्षहरूमा हेङशुई तालमा हिउँद बिताउन आउने दुर्लभ चराहरूको सङ्ख्या बढ्दै गएको छ।‘
‘यी चरामध्ये १० हजारभन्दा बढी जल हाँस हेङशुई तालमा भेटिएका छन्। जाडो यामपछि उनीहरू दक्षिणतिर बसाइँ सर्नेछन्’, झाङले भने।
उत्तरी चीनको समतल भूमिमा रहेको सबैभन्दा ठूलो ताल, वरपरको सिमसार, चउर र जङ्गलले घेरिएको हेबेईको हेङगशुई शहर नजिकै रहेको उक्त ताल चीनको राष्ट्रिय प्रकृति संरक्षण केन्द्र हो।
यो पूर्वी एसियाली तथा अष्ट्रेलियाली आकाश मार्गबाट आउने प्रवासी चराहरूको लागि यात्रामा विश्राम लिने, प्रशस्त आहारा पाइने र जाडो बिताउने ठाउँ पनि हो। संरक्षण केन्द्रका अधिकारीले यहाँ यो वर्षको हिउदमा हालसम्म ३३४ प्रजातिका चराको अवलोकन तथा अभिलेखीकरण गरिएको जनाएका छन्।