एजेन्सी । हमासको स्वास्थ्य मन्त्रालयले इजरायल–हमास युद्ध सुरु भएयता गाजामा २४ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ । तीमध्ये गएको दिनमा १ सय जनाको मृत्यु भएको छ ।
अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गरे। यसमा करिब १२०० जनाको ज्यान गएको थियो भने २०० भन्दा बढीलाई लडाकुहरूले बन्धक बनाएका थिए ।
त्यसयता इजरायलले गाजामा आक्रमण गर्दै आएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या २४ हजार १ सय पुगेको छ । रिपोर्टका अनुसार धेरै मानिसको शव भग्नावशेषमा दबिएको हुनसक्छ ।