एजेन्सी । अमेरिकाका पाँच ठूला बैंकहरूमध्येको एक सिटी बैंकले आगामी दुई वर्षमा २० हजार रोजगारी घटाउने घोषणा गरेको छ ।
यो बैंकको विश्वभरका कुल कर्मचारीहरूको १० प्रतिशत हो।
मुख्य वित्तीय अधिकारी मार्क मेसनले भने ‘सन् २०२३ को सुरुमा २.४० लाख कर्मचारी थिए र उनीहरूको संख्या २०२५ वा २०२६ सम्ममा १.८ लाखमा कम हुने सम्भावना छ।’
पछिल्लो तीन महिनामा १ अर्ब ८ करोड डलर घाटा बेहोरेपछि सिटी बैंकले पुनर्संरचनाको घोषणा गरेको हो ।
यस वर्ष पुनर्संरचनामा १ बिलियन डलर खर्च हुनेछ र छोटो अवधिमा साढे २ बिलियन बचत हुने अपेक्षा गरिएको छ।
आर्थिक कठिनाइको सामना गरिरहेको बैंकले विदेशमा आफ्ना धेरै कार्यहरू बन्द वा बेचेको छ ।