काठमाडौं । प्रहरीले पक्राउ गरेका विवादित तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै घरबाट मंगलबार साँझ ७ पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।
प्रहरीको ‘अप्रेशन ब्लु’ सुरु गरी उनलाई पक्राउ गर्न सफल भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एसएसपी दिनेश आचार्यका अनुसार उनको साथबाट विभिन्न १७ देशका मुद्रासमेत बरामद गरिएको छ।
जसको नेपाली करिब ३० लाख ९२ हजार रुपैयाँ हुन्छ। त्यस्तै, उनको साथबाट करिब ३ करोड ३ लाख ५५ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। कहिले जंगल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न सफल बम्जन अन्ततः कानुनी फन्दामा परेका हुन्।
पक्राउ गर्न पुगेका प्रहरीलाई छल्न उनले दुई तलामाथिबाट हाम्फालेर भाग्ने प्रयास गरेका थिए। उनीमाथि बलात्कार र व्यक्ति बेपत्ता पारेको आरोप छ। ५ जनाले जाहेरी दिएका छन्।
यस्तै, आचार्यका अनुसार बम्जनले आफ्ना चार अनुयायीहरूलाई बेपत्ता पारेको पनि बताए। उनका अनुसार बेपत्ता हुनेमा नुवाकोटकी चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल वाइवा, मकवानपुरकै फुलमाया रुम्बा, बाराका सुरेश कुमार आलेका रहेका छन्।