एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको इजरायल भ्रमणका बीच इजरायल र हमासबीचको युद्ध चर्किएको छ ।
इजरायली सुरक्षा बलहरूले दक्षिणी गाजाको खान युनिसमा '४० आतङ्ककारी' मारेको दाबी गरेका छन्।
रिपोर्टका अनुसार पछिल्लो २४ घण्टामा अल अक्सा अस्पतालमा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले इजरायलले मध्य र दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ । यसमा माघाजी र अल-बुराईज शिविरहरू पनि समावेश छन्।
समाचार एजेन्सीले जबलिया र बैत हनुनमा पनि दर्जनौं मानिस मारिएको जानकारी दिएको छ ।
इजरायलले आफ्नो निशाना आतंकवादी र उनीहरुको लुकेको स्थान रहेको भन्दै कम संख्यामा सर्वसाधारणको मृत्यु होस् भन्ने सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ ।
इजरायलले मध्य गाजामा आफ्नो सैन्य कारबाही रोकेको छ ताकि त्यहाँबाट मानवीय सहायता पठाउन सकियोस्।