एजेन्सी । अन्वेषकहरूले अलास्का एयरलाइन्सको विमानको भाग फेला पारेका छन् जुन शुक्रबार राति उडानको क्रममा फुटेको थियो।
यो विमान अमेरिकाको पोर्टल्याण्डबाट उडेको थियो । प्रशासनले यो ठाउँ नजिकै विमानको छुट्टिएको भागको खोजी गरिरहेको थियो।
यस विषयमा अनुसन्धान गरिरहेको संगठनका अध्यक्षले सोमबार बब नामका एक शिक्षकले आफ्नो यार्डमा विमानको भाग भेटेको बताएका छन् ।
यो दुर्घटनापछि अमेरिकामा उडान नियमन गर्ने नियामक निकायले बोइङ ७३७ म्याक्स ९ क्लासका सबै विमानको उडानमा प्रतिबन्ध लगाएको थियो ।
प्राविधिक अनुसन्धान पूरा नभएसम्म यस मोडलका सबै १७१ विमानमा प्रतिबन्ध लगाइएको छ ।