एजेन्सी । अमेरिकी सांसदहरूबीच सन् २०२४ को बाँकी अवधिका लागि खर्च गर्नुपर्ने रकम बढाउने सहमति भएको छ ।
सरकारी काम ठप्प नहोस् भनी सुनिश्चित गर्न अमेरिकी कांग्रेसका सदस्यहरूले १.६ ट्रिलियन डलर (१३.३ लाख करोड रुपैयाँ) खर्च गर्न अनुमति दिने यो सम्झौतामा सहमति जनाएका छन्।
सहमति भएपछि अब संसदको दुवै सदन, प्रतिनिधिसभा र सिनेटबाट स्वीकृति लिनुपर्नेछ ।
यस कोषलाई अन्तिम रूप दिन र केही संघीय सेवाहरूको निलम्बन रोक्न सांसदहरूसँग दुई हप्ताभन्दा कम समय बाँकी छ।
प्रतिनिधि सभाका सभामुख र रिपब्लिकन नेता माइक जोन्सनले उक्त १.६ ट्रिलियन डलरमध्ये ८८६ अर्ब डलर रक्षा क्षेत्रमा र ७०४ अर्ब डलर गैर-रक्षा क्षेत्रमा खर्च गरिने बताए। तर, तथ्याङ्कलाई लिएर केही अन्योल रहेको देखिन्छ ।
डेमोक्र्याट सांसद हकिम जेफ्रिज र चक शुमरको बयान अनुसार गैर-रक्षा खर्चका लागि 772 बिलियन डलर सहमत भएको छ।