एजेन्सी । सिड्नी टेस्ट खेलेर अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डेभिड वार्नरले सन्यासपछिको आफ्नो भविष्यको योजनाबारे कुरा गरेका छन् ।
यसअघि शनिबार भएको तेस्रो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो । अष्ट्रेलियाले यो तीन टेष्टको सिरिज ३-० ले जितेको छ ।
अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटको आफ्नो अन्तिम इनिङ्समा वार्नरले उत्कृष्ट ५७ रन बनाएर आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्याएका थिए।
खेल सकिएपछि वार्नरले भविष्यमा कोचिङलाई करियर बन्न चाहेकाे बताए । उनले भने, ‘सबैभन्दा पहिले मैले आफ्नी श्रीमतीसँग थप केही दिन घरबाट टाढा बस्न अनुमति लिनुपर्छ ।'