एजेन्सी । अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरको हराएको ब्यागी ग्रीन क्याप फेला परेको छ । सन्यासको टेस्ट म्याचमा उनको क्याप हराएको थियो ।
३७ वर्षीय वार्नरले आफ्नो ब्यागी ग्रीन क्याप फिर्ता पाएपछि आफू निकै खुसी र राहत पाएको जानकारी दिएका छन् ।
वार्नरले मंगलबार सिड्नीमा खेल खेल्ने क्रममा उनको झोलाबाट हरियो ब्यागी क्याप हराएको बताएका थिए ।
अस्ट्रेलियाले पाकिस्तानसँग टेष्ट खेल्दैछ । खेल सकिन तीन दिन बाँकी छ । यसपछि वार्नरले सन्यास लिनेछन् । क्याप गुमाएपछि वार्नरले सामाजिक सञ्जालमा पोस्ट गर्दै फर्किन आग्रह गरेका थिए।
क्याप पाएपछि वार्नरले भने, ‘कुनै पनि क्रिकेटरलाई थाहा हुन्छ उसको क्याप कति मूल्यवान छ । अब जब मैले मेरो टोपी पाएको छु, म यसलाई मेरो बाँकी जीवनको लागि खजाना जस्तै राख्नेछु।’
उनले भने, ‘क्याप पाएपछि निकै राहत महसुस गरिरहेको छु । मेरो काँधबाट ठुलो बोझ हटेको जस्तो लाग्छ ।’
अष्ट्रेलियामा टेस्ट क्रिकेटमा डेब्यु गर्ने खेलाडीलाई हरियो ब्यागी क्याप दिइन्छ।
यो अष्ट्रेलिया टोलीको प्रतीक बनेको छ। सन् २०२० मा अनुभवी अष्ट्रेलियाली अलराउन्डर शेन वार्नले आफ्नो टोपी १० लाख अष्ट्रेलियाली डलरमा लिलामी गरेका थिए।
अस्ट्रेलियाको जंगलमा लागेको डढेलोपछि सुरु भएको राहत अभियानका क्रममा वार्नले यो टोपी लिलामी गरेका थिए ।