एजेन्सी । ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको पहिलो छाल अहिले जापानको तटीय क्षेत्रमा पुगेको छ । केही सञ्चारमाध्यममा १.२ मिटर वा चार फिट अग्लो छाल वाजिमा बन्दरगाहमा पुगेको बताइएको छ ।
सरकारी प्रसारक एनएचकेले दिएको जानकारी अनुसार टोयामा सहरमा करिब ०.८ मिटर अग्लो सुनामीको छाल पनि आएको बताइएको छ ।
यी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अन्य ठाउँमा जान आग्रह गरिएको छ। इशिकावा प्रिफेक्चरको सुजु शहरमा धेरै घर र बिजुलीको पोल खसेको स्थानीय सञ्चारमाध्यममा पनि खबर आएको छ ।
यसैबीच भूकम्पको केन्द्रबिन्दु इशिकावा र राजधानी टोकियोबीचको बुलेट ट्रेन सेवा तत्कालका लागि बन्द गरिएको छ ।