एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
यस अवसरमा पुटिनले भने, ‘म ड्युटीमा रहेका रुसी सैनिकहरूसँग कुरा गर्न चाहन्छु जो अहिले युद्धको मैदानमा सत्य र न्यायका लागि लडिरहेका छन् । तपाईं हाम्रो नायक हुनुहुन्छ। हाम्रो हृदय तपाईं संग छ। तपाईंको हिम्मतलाई सलाम र हामी तपाईंमा गर्व गर्छौं।’
पुटिन भन्छन्, ‘मलाई राम्ररी थाहा छ कि तपाईंले आफ्नो नजिकका र प्रियजनहरूको माया गुमाइरहनुभएको छ। म तपाईंलाई भन्न चाहन्छु कि लाखौं रूसी नागरिकहरू तपाईंसँग छन्।’
‘हामीले विगतमा प्रमाणित गरिसकेका छौं कि हामी कठिन चुनौतीसँग जुध्न सक्छौं र हामी कहिल्यै झुक्ने छैनौं। कुनै पनि शक्तिले हामीलाई अलग गर्न सक्दैन।’
रूस र युक्रेन फेब्रुअरी २०२२ देखि युद्धमा छन्। यो युद्ध विगत दुई वर्षदेखि चलिरहेको छ ।
यस युद्धका कारण रुसले पश्चिमी देशको प्रतिबन्धको सामना पनि गर्नु परेको छ । धेरै पश्चिमी देशहरू यस मुद्दामा युक्रेनको साथमा छन्। यस युद्धमा रुसी सैनिकले पनि ज्यान गुमाएका छन् ।