झापा । आफ्नै श्रीमती ६० वर्षीया ईन्द्र कुमारी बिश्वकर्माको हत्या गरेको अभियोगमा ईलाम माङसेबुङ गाउँपालिका-४ घर भई झापा दमक नगरपालिका-२ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।