काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार खेल हुँदैछन्।
आज बिहान साढे ९ बजे हुने खेलमा चार खेलसम्म अपराजित टोली एपीएफले तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशसँग खेल्दैछ। एपीएफ चार खेलमा अपराजित रहँदै ८ अंकका साथ शीर्ष स्थानमा छ भने कर्णालीले चारै खेल गुमाएको छ।
मुलपानी मैदानमा बिहान सोही समयमा हुने अर्को खेलमा गण्डकी र कोशी आमनेसामने हुनेछन्। कोशी तीन खेलमा विजयी हुँदै ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने गण्डकी चार खेलमा एक खेल जित्दै २ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।
आज दिउँसो सवा १ बजे किर्तिपुर मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने मुलपानी मैदनामा सोही समयमा मधेश र सुदूरपश्चिम भिड्ने छन्।