काठमाडौं । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन् ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६४ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ पान्धारे टोल बस्ने ३० वर्षीय बिजय चाम्लीङ राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ६३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २५ वर्षीय सन्दिप सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-३ रझेना बस्ने २९ वर्षीय समिर थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित
पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय आरिक अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्तसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँबजार बस्ने दम बहादुर पुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम र नगद २८ हजार ८ सय ४५ रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला
पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।