एजेन्सी । शाहरुख खानको फिल्म ‘डङ्की’ र प्रभासको फिल्म ‘सलार’को रिलिज मितिमा एक दिनको अन्तर थियो । तर, अहिले सालार आम्दानीका हिसाबले अगाडि बढेको देखिन्छ ।
फिल्म डङ्की २१ डिसेम्बर र सालार २२ डिसेम्बरमा रिलिज भएको थियो ।
यी चलचित्रका निर्माताले तीन दिनको कमाईको तथ्यांक सार्वजनिक गरेका छन् ।
आइतबार साँझ फिल्म डङ्कीको निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्टले सेयर गरेको ट्विट अनुसार डङ्कीले तीन दिनमा विश्वभर १५७ करोड भारु कमाएको छ ।
बक्स अफिस डाटा उपलब्ध गराउने वेबसाइट स्याकनिल्कका अनुसार डङ्कीले चौथो दिन भारतका सबै भाषामा ३१ करोड रुपैयाँ कमाएको छ ।
सालारको अफिसियल ह्यान्डलबाट जारी गरिएको तथ्यांक अनुसार फिल्मले रिलिजको पहिलो तीन दिनमा विश्वभर ४०२ करोड कमाएको छ ।
स्याकनिल्कको अनुसार फिल्म सालारले भारतमा तीन दिनमा २०९ करोड भारु कमाएको छ।
यो वर्ष शाहरुख खानको फिल्म पठान र जवानले धेरै कमाइ गरेको थियो । यी फिल्मको कमाईको तुलनामा डङ्कीको प्रारम्भिक कमाई कम देखिएको छ ।
समीक्षकहरूले डङ्की र प्रभास दुवै फिल्मलाई धेरै राम्रो स्टार दिएका छैनन्।