काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनमाथि सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई २–१ गोलले हराएको हो ।
टोटनह्यामको जितमा रिचार्लिसन र सन् हेंग मिनले एक–एक गोल गरेका थिए। यस्तै, एभर्टनका लागि आन्द्रे गोमेजले एक गोल फर्काएका थिए।
टोटनह्यामको यो यस सिजनको ११औँ । १८ खेलबाट ३६ अंक जोडेको टोटनह्याम लिगको पाँचौँ स्थानमा रहेको छ ।
त्यसैगरी एभर्टनको भने यो यस सिजनमा आठौँ हार हो। यस सिजनमा १० अंकको कटौतीको सजाय पाएको एभर्टन १८ खेलबाट १६ अंकसहित तालिकाको १६औँ स्थानमा छ ।