एजेन्सी । संयुक्त अरब इमिरेट्सबाट ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा रोकिएको छ । यो विमान निकारागुआ जाँदै थियो।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार विमान मानव तस्करीका लागि प्रयोग हुन लागेको हुनाले रोकिएको हो ।
यस विषयमा अनुसन्धान सुरु गरिएको छ र विमानलाई निकारागुआ किन लगिएको थियो भन्ने पत्ता लगाउन प्रयास भइरहेको छ।
फ्रान्सस्थित भारतीय दूतावासले यस कुराको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यसबारे आफूहरूलाई जानकारी गराएको बताएको छ।
भारतीय दूतावासले सोसल मिडिया साइट एक्समा भनेको छ, ‘दुबईबाट निकारागुवाका लागि अधिकांश भारतीय मूलका नागरिक बोकेर उडेको विमान भेत्री विमानस्थलको प्राविधिक अवरुद्धमा रोकिएको छ। दूतावासको टोली त्यहाँ पुगेको र उनीहरुले कन्सुलर पहुँच पनि पाएका छन् । दूतावासले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ ।’
उक्त विमान रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो ।