एजेन्सी । सनराइजर्स हैदराबादले अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारुमा किनेको छ ।
दुबईमा भएको अक्सनमा हैदराबादले २० करोड ५० लाख भारुमा किनेको हो । कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए ।
कमिन्सलाई किन्न हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो ।
यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई सर्वाधिक १८ करोड ५० लाख भारुमा किनेको थियो ।