एजेन्सी । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ।
आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।
स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स-१ कमर्सियल क्यारिअर रकेटको छैटौँ उडान मिसन हो।