एजेन्सी । भारतीय संसदको कडा सुरक्षा भत्काएर बुधबार विरोध प्रदर्शन गरेको घटनाका मुख्य अभियुक्त भनिएका ललित झाले आफ्ना एक सहयोगीसहित आत्मसमर्पण गरेका छन् ।
समाचार एजेन्सी पीटीआईले प्रहरी स्रोतलाई उद्धृत गर्दै उनीहरू दुवै बिहीबार राति नयाँ दिल्लीको ड्युटी प्रहरी चौकीमा पुगेर आफूलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएको छ।
आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर विशेष कक्षमा बुझाएको एक अधिकारीले बताए । यस विषयमा विशेष कक्षले मात्र अनुसन्धान गरिरहेको छ ।
यस घटनामा हालसम्म सात जना पक्राउ परेका छन् । बुधबार नै पाँच जनालाई पक्राउ गरिएको हो ।
घटनापछि ललित झा बस चढेर राजस्थानको नागौर गएको प्रहरीले जनाएको छ । त्यहाँ उनले एक होटलमा रात बिताए।
संसदमा विरोध प्रदर्शन गरेको समयमा ललित झा संसद परिसर बाहिर उपस्थित रहेको बताइएको छ ।