एजेन्सी । भारतीय संसद बाहिर बुधबार दिउँसो रंगीन धुवाँ निकालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ । लोकसभामा अडिटोरियमबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका छन् ।
बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समातेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा नीलो पोशाक लगाएकी एक महिला प्रहरी एक महिलालाई समातेर लैजाँदै गरेको देखिन्छ ।
यस क्रममा महिलाले नारा लगाएको सुनिन्छ । भिडियोमा महिलाले ‘भारत माता की जय, तानाशाही बन्द गर, जय भीम-जय भारत, संविधान बचाओ’ भन्ने नारा लगाएको सुन्न सकिन्छ ।