काठमाडौं । नेपाल एसिसी यू-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ ।
मंगलबार समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।
दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टायो ।
आर्शिन अतुल कुलकर्णी ४३ रन र आदर्श सिंह १३ रनमा नट आउट रहे ।
यूएईमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २२ ओभरमा अलआउट हुँदै ५२ रन मात्र बनाएको थियो ।
ओपनर दिपक बोहोरालाई १ रनमा गुमाएको नेपालका भरपर्दा ब्याट्सम्यान अर्जुन कुमाल ७ रनमा पेविलियन फर्किएका थिए । भारतविरुद्ध नेपालको कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिएका थिए ।
यसअघि नेपाल पाकिस्तानसँग ७ विकेटले र अगफानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।