काठमाडौं । नेपाल एसिसी यू१९ एसिया कपमा भारतसँग ५२ रनमा अल आउट भएको छ ।
आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो ।
भारतविरुद्ध नेपालको कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए ।