काठमाडौं । नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर नेपाली टिमका कप्तान देव खनालले फिल्डिङको निर्णय लिएका हुन् ।
दुबै टोली पहिलो जितको सोचमा छन् । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो ।