काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।
बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् ।
छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले बरामद गरेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए।
एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकालिएको थियो । सुन ल्याउन लगाउने मीनबहादुर र चन्द्र भरिया रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका दुवैलाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको र थप अनुसन्धान भइरहेको डीआईजी चन्दले जानकारी दिए ।