काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल नियुक्त भएका छन् । यही मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका प्राडा भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार काउन्सिल पुगी पदभार सम्हाल्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि काउन्सिलको अध्यक्ष पदमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइराला थिए । उनको कार्यकाल गत कात्तिका १८ गते सकिएको थियो । उनको कार्यकालमा स्वास्थ्य क्षेत्रमा भएका बिसंगतिलाई कानुनी रुपमा हटाउँने तर्फ निकै महत्वपूर्ण कामहरु कानून बनाउनेदेखि दोषीलाई कानुनी दायरामा ल्याई न्याय दिने काम भएका थिए ।
डा।कोईरालाको कार्यकाल सकिनासाथ प्राडा भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । प्राडा भुषाल नेपाल चिकित्सक संघ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पूर्व अध्यक्ष, नेपालका लागि बंगलादेशका राजदूत भैसकेका कूटनैतिक नियोगको समेत अनुभव बटुली सकेका व्यक्तित्व हुन् ।