एजेन्सी । भारतका मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा भारतीय जनता पार्टीको जितपछि सोमबार शेयर बजारमा ठूलो उछाल आएको छ ।
एक प्रतिशतभन्दा बढीको वृद्धिसँगै सेयर बजारले विगतका सबै रेकर्ड तोडेको छ । यो वृद्धिसँगै मानिसहरूले बजारमा ४।९७ लाख करोड रुपैयाँ कमाएका छन्।
बीएसई सेन्सेक्स ८७७.४३ अंकको वृद्धिको साथ ६८३५८.६२ मा पुगेकाे छ। बीएसईमा सूचीबद्ध कम्पनीहरूको बजार पूंजीकरण सोमबार बिहान ३३७.६७ लाख करोड रुपैयाँबाट बढेर ३४२.६४ लाख करोड रुपैयाँ पुगेको छ।
अदानी इन्टरप्राइजेज र अदानी पोर्ट्सले क्रमशः ६.७९ र ४.५२ प्रतिशतले बढेको सबैभन्दा ठूलो उछाल देखाएको छ ।
यसबाहेक एसबीआई, आईसीआईसीआई बैंक, भारती एयरटेल, एनटीपीसी जस्ता कम्पनीको शेयरमा पनि ठूलो उछाल आएको छ ।
अडानी शेयरको स्थिति-
- अदानी इन्टरप्राइजेज ७.२९ प्रतिशतले बढेर २५३५ रुपैयाँमा छ ।
- अदानी पोर्ट्स ६.१५ प्रतिशत बढेर ८७८ रुपैयाँमा छ ।
- अडानी इनर्जी सोलुसन ६.१७ प्रतिशतले बढेर ९०७ रुपैयाँमा छ ।
- अडानी विल्मार २.२८ प्रतिशतले बढेर ३४८ रुपैयाँमा छ ।
- अदानी ग्रीन ८.७१ प्रतिशत बढेर १११५ रुपैयाँमा छ ।
- अदानी पावर ४.९० प्रतिशतले बढेर ४६२ रुपैयाँमा छ ।
- अदानी टोटल ४.१२ प्रतिशतले बढेर ७३० रुपैयाँमा छ ।