एजेन्सी । उत्तर प्रदेशको मुजफ्फरनगरमा एक कलेजका छात्राले बुर्का र हिजाब लगाएर र्याम्पमा हिँडेको विषयलाई लिएर विवाद बढ्दै गएको छ ।
यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मुस्लिम संगठन जमियत उलेमा–ए–हिन्दले माफी माग्नुपर्ने माग गरेको छ ।
जमियत उलेमाका मौलाना मुकर्रम कासमीले एक विज्ञप्ति जारी गर्दै आयोजकहरूले मुस्लिमहरूको भावनालाई भड्काएको आरोप लगाए र बुर्का कुनै पनि फेसन शोको हिस्सा नभएको बताए।
उनले बुर्का वा हिजाब लगाएर र्याम्पमा हिँड्ने युवतीले माफी माग्नुपर्ने बताएका छन् ।
वास्तवमा, मुजफ्फरनगरको श्री राम कलेजमा आइतवार एउटा फेसन शो आयोजना गरिएको थियो, जसमा धेरै सहभागीहरू बुर्का र हिजाब लगाएर र्याम्पमा हिँडेका थिए। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि यो विषयमा विवाद सुरु भयो ।