काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति भएका सिलवाललाई दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रुपमा समेत काम गरेको अनुभव सम्हालेका छन् ।
प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीनजना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दज्यानी चिह्न प्रदान गरे ।