काठमाडाैं । घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा भारत ४४ रनले विजयी भएको छ । भारत अस्ट्रेलियालाई ४४ रनले पराजित गरेकाे हाे । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।
भारतको शीर्ष क्रमको उत्कृष्ट ब्याटिङका कारण टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५र४ रन बनाएको थियो र अष्ट्रेलियालाई कठिन लक्ष्य दिएको थियो, जुन पाहुना टोली ४४ रनले चुक्यो । यस सिरिजमा टीम इन्डियाले २–० को अग्रता लिएको छ ।
टस हारेर ब्याटिङमा आएका भारतीय टोलीका ओपनर यशस्वी जैसवालले २५ बलमा ९ चौका र २ छक्काको मद्दतले ५३ रन बनाए । जैसवाल र ऋतुराजबीच ५.५ ओभरमा ७७ रनको साझेदारी भयो ।
अन्तिम ओभरमा कप्तान म्याथ्यु वेडले एक छेउमा उभिएर ४२ रनको विस्फोटक इनिङ खेले तर लक्ष्य धेरै टाढा रह्यो । भारतका लागि प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३–३ विकेट लिए भने अक्षर पटेल, मुकेश कुमार र अर्शदीप सिंहले १–१ विकेट लिए ।