एजेन्सी । कतारको एक अदालतले आठ अवकाशप्राप्त भारतीय नौसेना अधिकृतलाई मृत्युदण्डको सजायको विरुद्धमा भारतको अपील स्वीकार गरेको छ।
न्यूज च्यानल एनडीटीभी र व्यापारिक पत्रिका मिन्टलाई उद्धृत गर्दै यो खबर बाहिर आएको हो । गत महिना यी अधिकारीहरूलाई मृत्युदण्ड दिइएको थियो।
यी आठ जना भारतीय नौसेनाका सेवानिवृत्त अधिकारी हुन् र गत वर्ष अगस्टदेखि कतारको जेलमा छन् । कतारले भने उनीमाथि लागेको आरोप सार्वजनिक गरेको छैन ।
अक्टोबरमा भारतले कतारको निर्णयमा यस मामिलामा सबै कानुनी विकल्प खोजीरहेको बताएको थियो।
विज्ञप्तिमा भनिएको छ, "उनीहरूलाई मृत्युदण्ड दिने निर्णयले हामी स्तब्ध छौं। हामी ती व्यक्तिका परिवार र कानुनी टोलीसँग सम्पर्कमा छौं। हामी यो विषयलाई उच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो विषय कतारी अधिकारीहरूसँग उठाउनेछौं।" -बीबीसी