एजेन्सी । गत हप्तादेखि चलिरहेको विवादपछि साम ओल्टम्यान पुन: ओपनएआईमा फर्किएका छन् ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै अल्टम्यान ओपनएआईमा सीईओको रूपमा फर्किने सहमतिमा पुगेको बताएको छ। उनी ब्रेट टेलर र ल्यारी समर्ससँगै बोर्डको हिस्सा हुनेछन्।
साम अल्टम्यानले पनि एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जब म आइतवार माइक्रोसफ्टमा आबद्ध भएँ, यो स्पष्ट थियो कि यो मेरो र टोलीको लागि उत्तम मार्ग हो। सत्य नाडेला र नयाँ बोर्डको समर्थनमा ओपनएआईमा फर्कन पाउँदा म रोमाञ्चित थिएँ ।’
गत हप्ता ओपनएआईका संस्थापक साम अल्टम्यानलाई आफ्नै कम्पनीबाट निकालिएको थियो।
यसपछि माइक्रोसफ्टले सोमबार नै साम ओल्टम्यानलाई अफर दिएको थियो र उनले अफर पनि स्वीकार गरेका थिए । तर, ओपनएआईको बोर्डले निकै विरोधको सामना गर्नुपरेको थियो ।
बुधबार कम्पनीले आफ्नो निर्णय फिर्ता लिएको छ । साथै, ओल्टम्यान पुन ओपनएआईमा फर्किएका छन् ।