एजेन्सी । उत्तराखण्डको उत्तरकाशीको सिल्क्यरा गाउँमा निर्माणाधीन सुरुङमा काम गरिरहेका ४१ जना मजदुर सुरुङमा फसेका छन् ।
दीपावलीको बिहानैदेखि सुरुङमा फसेका यी मजदुरहरुको १० दिनपछि पहिलो भिडियो सार्वजनिक भएको छ ।कामदारलाई बाहिर निकाल्न राहत र उद्धार कार्य जारी छ ।
सोमबार थप परिमाणमा खाद्यान्न आपूर्ति गर्न मजदुरलाई थप परिमाणमा खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्न मजदुरसम्म ६ इन्च लामो पाइप बिछ्याइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सोमबार राति मजदुरका लागि खिचडी तयार पारिएको थियो । ६ इन्चको पाइपबाट फसेका मजदुरका लागि सोमबार पहिलो पटक तातो खिचडी पठाइएको थियो । बीबीसी