एजेन्सी । पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीलाई अष्ट्रेलियाले तेस्रो ठूलो झटका दिएको छ । श्रेयस अय्यर मात्र चार रन बनाएर आउट भए । उनले तीन बल मात्र खेल्न सके ।
कप्तान प्याट कमिन्सले श्रेयसलाई आफ्नो पहिलो शिकार बनाए । तर, यसअघिका चार खेलमा उनले लगातार अर्धशतक र शतक प्रहार गरेका थिए ।
श्रेयस अय्यरले यस प्रतियोगितामा आउट हुनुअघि कुल ५३० रन बनाएका थिए । उनको औसत ६६.२५ रहेको छ ।
आउट हुनुअघि शुभमन गिलले ४ रन, रोहित शर्माले ४७ रन र श्रेयस अय्यरले ४ रन बनाए ।