एजेन्सी । आईसीसी विश्वकप २०२३ को फाइनल भोलि (आइतबार) गुजरातको अहमदाबादमा हुँदैछ । आयोजक भारत र अष्ट्रेलियाको टोली आमनेसामने हुनेछन् ।
फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थले अफिसिङ गर्नेछन् । अम्पायरको नाम घोषणा हुनासाथ भारतीय फ्यानहरुको बेचैनी बढेको छ ।
सामाजिक सञ्जालमा पनि मानिसहरूले रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थको बारेमा धेरै लेखिरहेका छन्।
यसको कारण रिचर्ड केटलब्रोले अम्पायरिङ गरेका महत्वपूर्ण आईसीसी नकआउट खेलमा भारतीय टोलीले हार बेहोरेको छ ।
एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो, त्यो खेलमा पनि केटलब्रो अम्पायर थिए।
खेलकुद बगले रिचर्ड केटलब्रो अम्पायर हुँदा भारतले हार बेहोरेको खेलको ग्राफिक साझा गरेको छ ।
एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । टी–२० विश्वकप २०१६ को सेमिफाइनलमा वेस्ट इन्डिजले भारतलाई पराजित गरेको छ ।
च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो । विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई पराजित गरेको थियाे ।