काठमाडौं । यसै साता पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका बाबर आजमले गाजा युद्धका पीडितका लागि प्रार्थना गर्न अपील गरेका छन् ।
विश्वकपमा आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याउन नसकेपछि आफ्नो पदबाट राजीनामा दिएका आजमले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै यस्तो अपिल गरेका हुन् ।
उनले लेखेका छन्, ‘अगमवक्ता मोहम्मदका अनुयायीहरूमा कठिन समय आएको छ, यस्तो समयमा प्रार्थनाको आवश्यकता छ।’
विश्वकपका क्रममा पाकिस्तानका केही खेलाडीले गाजालाई समर्थन गरेका थिए ।
मोहम्मद रिजवानले आफ्नो एक इनिङ गाजाका जनतालाई समर्पित गरेका थिए । यस विषयमा विवाद उत्पन्न भएको थियो ।