एजेन्सी । इजरायली सेनाले हमासले बन्धक बनाएका १९ वर्षीय नोआ मार्सियानोको शव फेला पारेको जनाएको छ । गाजाको अल शिफा अस्पताल नजिकैको क्षेत्रमा उनको शव भेटिएको सेनाले बतायो ।
मार्सियानोको मृत्यु भएको केही दिनपछि इजरायली सेनाले यो घोषणा गरेको हो । मार्सियानोको शवलाई इजरायलमा ल्याइएको थियो। त्यहाँ उनको शव पहिचान गर्न परीक्षण गरिएको थियो।
इजरायलमा अक्टोबर ७ मा हमासका लडाकुहरूले आक्रमण गरेपछि बन्धक बनाएका २४० मध्ये मार्सियानो पनि थिइन्। यस आक्रमणमा १२ सय मानिस मारिएका थिए ।
६५ वर्षीय इजरायली बन्धक येहुदित वेइसको शव पनि अल शिफा अस्पताल नजिकैको घरबाट भेटिएको थियो ।