एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल बिहीबार कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुँदैछ ।
यस खेलमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । वर्षा र शीतको सम्भावनाका कारण टसको भूमिका महत्वपूर्ण मानिन्छ ।
मौसम विभागका अनुसार आज कोलकातामा पानी पर्ने सम्भावना ३६ प्रतिशत रहेको छ । यही पिचमा इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल भएको थियो । त्यसैले यो खेलमा पनि ठूलो स्कोरको अपेक्षा गरिएको छ ।
अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गरेका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कलाई आज अष्ट्रेलिया टोलीमा समावेश गरिएको छ ।
दक्षिण अफ्रिकी टोलीमा एक परिवर्तनमा एनगिडीको स्थानमा शम्सीलाई समावेश गरिएको छ ।