काठमाडौं । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
यस खेलमा भारतीय ब्याटिङका क्रममा कोहलीले पहिलो पटक एकदिवसीय खेलमा सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेर आफ्नो क्षमता देखाएका थिए ।
तर, केही समयपछि श्रेयस अय्यरले लगातार दोस्रो खेलमा शतक बनाएर फ्यानलाई खुसी हुने अर्को कारण दिए ।
बलिङका क्रममा मोहम्मद शामीले सात विकेट लिएर न्युजिल्याण्डको फाइनल पुग्ने सपना तोडेका थिए ।
भारत यस विश्वकपमा अहिलेसम्म भएका सबै १० खेल जित्न सफल भएको छ । तर, यो एक–दुई खेलाडीले मात्र होइन, सम्पूर्ण टोलीको उत्कृष्ट प्रदर्शनका कारण भइरहेको हो ।
सामाजिक सञ्जालमा चर्चा
लगभग सम्पूर्ण टिमको सामूहिक योगदानको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । टोलीका ११ मध्ये १० खेलाडीको कीर्तिमान उत्कृष्ट देखिन्छ ।
जोन नामका एक प्रयोगकर्ताले यी खेलाडीको रेकर्ड सेयर गरेका छन् ।
यो विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा भारतका ५ खेलाडी रहेका छन् । जसमा विराट कोहली ७११ रनको अग्रतामा छन् ।
बलरको सूचीमा भारतका सबै पाँच बलर देखिन्छन् । यहाँ पनि मोहम्मद १० टोलीमध्येका सबैभन्दा सफल बलर हुन्।
सूर्यकुमार यादवको खाता खाली
यस विश्वकपमा भारतीय टोलीको एउटै कमजोरी के हो भने हार्दिक पाण्ड्याको स्थानमा टिममा आएका सूर्यप्रकाश यादवको खातामा खासै केही देखिँदैन । उनले अहिलेसम्म खेलेका ६ खेलमा ८८ रन मात्र बनाएका छन् ।
तर, यसको मुख्य कारण भने उनले पर्याप्त बल खेल्ने मौका नपाएका हुन् । उनले ६ खेलमा ७७ बल मात्र खेलेका छन् ।