एजेन्सी । भारतीय अभिनेता नाना पाटेकरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ ।
यो भिडियो वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका क्रममा खिचिएको बताइएको छ । यो भिडियो भाइरल भएपछि नाना पाटेकरले स्पष्टीकरण दिएका छन् ।
पाटेकरले ‘एक्स’मा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडियोको गलत व्याख्या गरिरहेका छन् । वास्तवमा के भयो त्यो मेरो आगामी फिल्म ‘जर्नी’को सुटिङको रिहर्सलको क्रममा भएको गलतफहमीको परिणाम हो ।’
उनले यो भिडियोमा सुटिङका क्रममा बच्चालाई थप्पड हानेको नाटक गरेको बताएका छन् । तर, संयोगवश रिहर्सलको क्रममा अर्को बच्चा त्यहाँ आयो, जसलाई उनले फिल्मको बच्चा ठान्दै थप्पड हाने ।