काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपालले ओमानविरुद्ध कमजोर प्रदर्शन गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभर खेल्दा महत्वपूर्ण ४ विकेट गुमाएको छ। चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल मात्र ३ रन बनाएर आउट भएका छन्।
नेपालले तेस्रो विकेटका रुपमा ओपनिङ ब्याटर कुशल भुर्तेललाई गुमाएको थियो। २२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे।