टर्कीले हेपाटाइटिस ए खोपको आन्तरिक उत्पादन शुरु गर्ने भएको छ।
टर्कीले प्रायः विदेशबाट आपूर्ति गर्दै आएको हेपाटाइटिस ए खोपको आन्तरिक उत्पादन शुरु गर्ने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका हुन्।
टर्कीको अलागोज होल्डिङ र चीनको सिनोभ्याक बायोटेकको सहकार्यमा टर्कीको राजधानी अंकारामा २९,५०० वर्ग मिटर फ्याक्ट्री क्षेत्रफल भएको किभ्याक भ्याक्सिन उत्पादन केन्द्रको उद्घाटनसमेत गरे। यो खोप उच्चतम स्तरमा उत्पादन गर्ने चौथो देश टर्की हुनेछ। विदेशी आपूर्तिमा टर्कीको निर्भरता कम हुने उनले बताए।