काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका कप्तान रोहित पौडेल आउट भएका छन्। ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा उनी १२ रन बनाएर आउट भएका हुन्।
यसअघि सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भएका हुन्। यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भएका हुन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।
नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।